NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

व्यास नगरपालिकामा गोविन्दराज जोशीका छोराको अग्रता

दमौली । तनहुँको व्यास नगरपालिकामा मेयर पदमा गठबन्धनका उम्मेदवार दीपकराज जोशीले अग्रता कायम गरेका छन् ।

निवर्तमान मेयर एवं नेपाली कांग्रेसका मेयर उम्मेदवार वैकुण्ठ न्यौपानले जोशीलाई पछ्याइरहेका छन् ।

व्यास १, २, ३ र ४ को एकसाथ मतगणना भैरहँदा व्यास १ मा कांग्रेस तथा अन्यमा जोशी र एमालेको गठबन्धनले अग्रता लिएको देखाएको छ ।

अहिलेसम्म गणना भएको १९७५ मतमध्ये जोशीले १०२२ मत ल्याएका छन् भने न्यौपाने ६५३ मत ल्याएका छन् । त्यस्तै उपप्रमुखमा गठबन्धनकै वसुन्धरा घर्तीले ७९८ र कांग्रेसकी इन्दिरा दरैले ७६१ मत ल्याएका छन् ।

वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा विवाद भएर रिस्तिमा रोकिएको निर्वाचन पुनः ४ गते गरेपछि बुधबारबाट मतगणना सुरु गरिएको हो । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीका छोरा दीपक रिस्तिमा भएकाे विवादका क्रममा भएकाे झडपमा घाइते भएका थिए । उनकाे अहिले उपचार भइरहेकाे छ ।