NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

 गठबन्धन हराउँदै रेशम चौधरीको पार्टी गाउँपालिकामा विजयी

काठमाडौं । कैलालीको जोशीपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा चित्रबहादुर चौधरी र रेखादेवी कठरिया निर्वाचित भएका छन् ।

दुवै उम्मेदवार नागरिक उन्मुक्ति पार्टीको तर्फबाट विजयी भएका हुन् । नागरिक उन्मुक्ति पार्टी रेशम चौधरीको अगुवाइमा गठन गरिएको दल हो ।

यहाँ सत्तारुढ गठबन्धनलाई पराजित गर्दै अध्यक्षमा विजयी चौधरीले चौधरीले ४९०३ र उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बन्सराम बडायकले ३३६८ मत हासिल गरे ।

उपाध्यक्षमा विजयी कठरियाले ४५८१ मतका साथ जित सुनिश्चित गर्दा माओवादी केन्द्रका दीर्घराज बिनाडीले २६८ मत मात्रै हासिल गरे ।

यो नागरिक उन्मुक्ति पार्टीको दोस्रो जित हो । यसअघि उसले कैलालीकै टीकापुर नगरपालिकाको मेयर पनि विजय हासिल गरेको थियो ।