NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

विवेकशीलले पहिलो गाउँपालिका प्रमुख जित्यो

बारा । विवेकशील साझा पार्टीले बाराको फेटा गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा जित हात पारेको छ ।

विवेकशीलले अहिलेको स्थानीय तह निर्वाचनमा पालिकामा विजयी भएको यो पहिलो हो ।

पालिका प्रमुखमा रुस्तम अन्सारी र उपप्रमुखमा निलम साह विजयी भएको पार्टीले जनाएको छ ।

त्यस्तै सोही गाउँपालिकाको वडा नम्बर ३ र ६ मा क्रमशः प्रहलाद साह तेली र अमीर हमजा ठकुराई विजयी भएका छन् ।