NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

घोडाघोडीको प्रमुखमा रावत र उपप्रमुखमा चौधरी निर्वाचित

गोदावरी । कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुखमा नेकपा (एकीकृत समाजवादी) का खड्क रावत निर्वाचित भएका छन्।

उनी नेकपा (एमाले) का ममताप्रसाद चौधरीलाई पराजित गर्दै नगरप्रमुखमा निर्वाचित भएका हुन् । रावतले १३ हजार १२८ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी चौधरीले आठ हजार २४१ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा कांग्रेसकी गुलियाकुमारी चौधरी विजयी भएकी छन् । उनले १२ हजार २७० मत प्रप्त गरेर विजयी हुँदा एमालेका करुण वम बटलाले ६ हजार ९६३ मत प्राप्त गरेका छन् ।

कैलालीका १३ वटा पालिकामध्ये घोडाघोडी नगरपालिकासहित आठ पालिकाको मतपरमाण सार्वजनिक भइसकेको छ ।