NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

यौनशोषण भएकाे भनिएकी युवतीको आरोप : माल्भिका दिदीले याे मेरो विषय होइन भन्नुभयो

काठमाडौं । बुधबार राति टिकटकमा ‘सुसी खान जाने हो’ भन्ने एकाउन्टबाट एक युवतीले सुन्दरी प्रतियोगितामा सहभागी हुने क्रममा आफू माथि पटकपटक बलात्कार भएको घटना सार्वजनिक गरिन् ।

उनले विसं. २०७१ सालमा भएको मिस ग्लोबल प्रतियोगिताका क्रममा एक फोटो पत्रकार र कन्सल्टेन्सी सञ्चालकले बलात्कार गरेको खुलाएकी छन् ।

त्यसमा ती युवतीले आफूमाथि भएको बलात्कार र पीडकहरुबारे पूर्वमिस नेपाल माल्भिका सुब्बालाई पनि जानकारी दिए पनि उनले आफूलाई सहयोग नगरेको भनेकी छन् ।

उनले यही घटनाका कारण लामो समयदेखि आफू मानसिक रुपमा विक्षिप्त भएको र अन्तिममा घटनालाई सार्वजनिक गर्ने निर्णय गरेको पनि बताएकी छन् ।

पीडित युवतीका भिडियो अहिले सामाजिक सञ्जालमा सेयर भइरहेको छ । तर उनको भिडियो टिकटकले हटाइदिएको छ ।

सामाजिक सञ्जालमा आफूविरुद्ध प्रश्न उठेपछि माल्भिकाले आफ्नो इन्स्टाग्राम अकाउन्ट कमेन्ट गर्न नमिल्ने बनाएकी छिन् ।

युवतीले आफूमाथि भएको यौन शोषणको खुलासा गरेपछि सामाजिक सञ्जालमा माल्भिका सुब्बा र पीडकहरुप्रति आक्रोश मिसिएका टिप्पणी भइरहेको छ ।