NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

रेन्जर्सलाई हराउँदै फ्रान्कफर्टले जित्यो युरोपा लिगको उपाधि

काठमाडौं । जर्मन क्लब फ्रान्कफर्टले युरोपा लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

यससँगै फ्रान्कफुर्ट सन् १९९७ पछि युरोपा लिग जित्ने पहिलो बुन्डेस लिगा क्लब बनेको छ ।

गएराति भएको फाइनलमा स्कटिस क्लब रेन्जर्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै जर्मन क्लब फ्रान्कफर्टले उपाधि जितेको हो ।

खेलको निर्धारित र थप गरिएको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा फ्रान्कफर्ट सफल भयो

पेनाल्टी सुटआउटमा फ्रान्कफर्टका राफेल सान्तोस बोरे मुरे, फिलिप कोस्टिक, दाइची कामडा, एडिन ह्रुस्टिक र क्रिस्टोफर लेन्ज गोल गर्न सफल भए ।

रेन्जर्सका केमार रोफ, स्कोट आर्फिल्ड, स्टेभेन डेभिस र जेम्स टाभेनरले गोल गरे पनि आरोन रामसेले पेनाल्टीमा चुकाए ।

यसअघि ५७ औं मिनेटमा जोइ अरिबोले गोल गर्दै रेन्जर्सलाई अग्रता दिलाएका थिए ।

तर, ६९ औं मिनेटमा राफेल सान्तोसले गोल गर्दै फ्रान्कफर्टलाई १–१ गोलको बराबरीमा ल्याउन सफल भए ।