NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

विजय उत्सव मनाइसकेपछि मत बराबर

महोत्तरी । बर्दिबास नगरपालिकाको वडा नम्बर ८ को अध्यक्ष पदका दुई उम्मेदवारको मत बराबर आएको छ ।

एउटा मतपेटिका गन्न बाँकी हुँदै विजयी घोषणा गरेर उत्सव मनाइसकेका नेकपा माओवादी केन्द्रका समसेर सिंह र नेकपा एमालेका रुद्रबहादुर किङगरिया मगरको मत ७६७ आएको हो ।

विजयी घोषणा गरिसकेपछि निर्वाचन कार्यालयले एउटा मतपेटिकाको मत गन्न बाँकी रहेको भेटिएपछि सहमतिमै उक्त मतपेटिकाको मत गणना गर्दा दुई उम्मेदवारले समान मत प्राप्त गरेका हुन् ।

विजयी घोषणा गर्दा वडाध्यक्षमा समसेरले ७५१ र मगरले ७४४ मत पाएका थिए ।

३१ वैशाखमा मतगणना गरेर अध्यक्ष निर्वाचित भएको घोषणा गरिएकाे थियाे तर बिहीबार नखोलिएको मतपेटिका भेटिए पछि मतगणना गरिएकाे थियाे ।

 

निर्वाचित घोषणा गरेको ६ दिनपछि नखोलिएको मतपेटिका भेटिएपछि….