NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सालोले भिनाजुलाई हतियार प्रहार गरे

दमौली । तनहुँको व्यास नगरपालिका वडानम्बर ३ देउरालीनगरमा सालो नाता पर्ने व्यक्तिले भिनाजुलाई बिहीबार हतियार प्रहार गरी घाइते बनाएका छन् ।

अन्दाजी २२ वर्षका स्थानीय विनोद थापाले सोही ठाउँ निवासी बिरबहादुर थापालाई हतियार प्रहार गर्दा उनको आँखा र टाउकोमा गहिरो चोट लागेको छ ।

थापाको दमौलीस्थित समाधान अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ । ती युवकले के हतियार प्रयोग गरेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।