NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

दाङको तुलसीपुरमा कांग्रेस अघिअघि, एमाले पछिपछि

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले अग्रतता कायमै राखेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार टीकाराम खड्काले पछ्याइरहेका छन् ।

शुक्रबार बिहानसम्म १८ हजार १९३ मत गणना हुँदा गिरीले ७ हजार ६६७ मतसहित अग्रता लिएका छन् । एमालेलेका खड्काले ७ हजार ४८६ मत पाएका छन् ।

उपमेयरमा एमालेका स्यानी चौधरीले ६ हजार ९६१ मतसहित अग्रता लिएका छन् । उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर राणाले ५ हजार ९४७ मत पाएका छन् ।

तुलसीपुरमा गठबन्धन दलहरूले भागबण्डा गर्दा मेयर कांग्रेस र उपमेयर एकीकृत समाजवादीले लिने सहमति भएको थियो ।

दाङकै घोराही उपमहानगरपालिका माओवादी केन्द्रलाई पराजित गर्दै एमाले विजयी भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष