NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

बलात्कार पीडित युवतीको पक्षमा बोलिन् वर्षा

ठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी सुन्दरी प्रतियोगिताका क्रममा बलात्कारमा परेको भनिएकी युवतीको पक्षमा खुलेकी छन् ।

उनले बलात्कार भयो भन्दा पनि अनेक स्पष्टीकरण माग्ने समाजमा निर्मला, समिक्षा र सुस्मिताको जन्म भएको नौलो नलागेको भन्दै फेसबुकमा लेखेकी छन् ।

साथै वर्षाले ‘सुस्मिताका लागि न्याय माग्ने र देशमा बलात्कार पीडितप्रति गर्ने व्यवहारमा परिवर्तनको माग गर्ने आन्दोलनकारीको साथमा म उभिन्छु’ भनेकी छन् ।

सुन्दरी प्रतियोगिताका क्रममा ८ वर्षअघि आफूमाथि बलात्कार भएको भन्दै बुधबार एक युवतीले सामाजिक सञ्जालमार्फत् घटना सार्वजनिक गरेपछि अहिले उनको न्यायका लागि धेरैले आवाज उठाइरहेका छन् ।

पूर्वमिस नेपाल माल्भिका सुब्बा पनि यो घटनामा मुछिएकी छन् । उनलाई पीडित युवतीले घटनाबारे बताउँदा पनि उनीबाट सहयोग नपाएको गुनासो गरेकी छन् । माल्भिकाले बलात्कार पीडितलाई सहयोग नगरेको भन्दै आलोचना भएपछि उनले स्पष्टीकरणसमेत दिइसकेकी छन् ।

यौनशोषण भएकाे भनिएकी युवतीको आरोप : माल्भिका दिदीले याे मेरो विषय होइन भन्नुभयो

पीडितले भोगेको पीडाका लागि आफू पनि जिम्मेवार भएको भन्दै माफि मागिन् माल्भिका सुब्बाले

ताजा अपडेट

नेपालवाच विशेष