NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

राजपुर नगरपालिकामा अफताब आलमका छोरा राजिक विजयी

रौतहट । रौतहटको राजपुर नगरपालिकाको मेयरमा कांग्रेसका मोहम्मद राजिक आलम विजयी भएका छन् । जसपाका मोहम्मद जैद आलमलाई हराउँदै उनी निर्वाचित भएका हुन् ।

आलमले ६ हजार ३ सय ३५ र मोहम्मद जैदले ३ हजार ७ सय ५१ मत ल्याएका छन् । उपप्रमुखमा कांग्रेसकै जमिला अगसरी विजयी भएकी छन् । उनले जसपाका चिन्ताकुमार कलवारलाई हराएकी हुन् ।

राजिक निलम्बित सांसद मोहम्मद अफताब आलमका कान्छो छोरा हुन् । राजिक चिकित्सक पनि हुन् ।

अहिले अफताब पहिलाे संविधानसभा निर्वाचनका समयमा बम बनाइरहेका बेला विस्फोट भएर घाइते भएकालाई इँटाभट्टामा हालेको ज्यान मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा छन् ।

कांग्रेसले रौतहटमा राजपुरसँगै दुई पालिका जितेको छ ।