NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

विश्वकप फुटबलमा पहिलोपटक महिला रेफ्री

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले कतारमा हुने विश्वकप फुटबलका लागि महिला रेफ्रीसहित पदाधिकारीको सूची सार्वजनिक गरेको छ ।

फिफा रेफ्री समितिले सन् २०२२ को नोभेम्बरमा कतारमा हुने पुरुष फिफा विश्वकपमा तीनजना महिला रेफ्री र तीन महिला सहायक रेफ्रीलाई नियुक्त गरेको छ । फिफाले इतिहासमै पहिलाेपटक विश्वकप फुटबलका लागि महिला रेफ्रि नियुक्त गरेकाे हाे ।

तीन महिला रेफ्रीमा विश्वकप छनोट र च्याम्पियन्स लिगमा अफिसिएट खेलमा काम गरिसकेकी स्टेफनी फ्रापार्ट, अफ्रिका कप अफ नेसन्स, सिएफ महिला च्याम्पियन्स लिगलगायत अफ्रिकाका सबैभन्दा ठूला प्रतियोगिताहरूमा रेफ्री भइसकेकी सलिमा मुकानसाङ्गा र फिफा महिला विश्वकप र ग्रीष्मकालीन ओलम्पिकी योशिमी यामाशिता रहेका छन् । स्टेफनी फ्रान्सकी, सलिमा रुवान्डा र योशिमी यामाशिता जापानका हुन् ।

सहायक रेफ्रीहरूमा ब्राजिलबाट नेउजा ब्याक, मेक्सिकोकी करेन डियाज मेडिना र अमेरिकाकी क्याथ्रिन नेस्बिट रहेका छन् ।

यसबाहेक खेलका लागि जम्मा ३६ रेफ्री, ६९ सहायक रेफ्री र २४ जना भिडियो म्याच अधिकारीहरु नियुक्त गरिएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष