NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

विराटनगरमा फराकिलो अन्तरसहित मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले विजयी खाता खोलेका छन् । मूख्य निवार्चन कायर्लय विराटनगरले दिएकाे जानकारी अनुसार कोइरालाले ३० हजार १ सय ७० मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार सागर थापाले २१ हजार ४५५ मत पाएका छन् । कोइरालाले ८ हजार ७१५ को फराकिलो मतान्तरले थापालाई हराएका हुन् ।

त्यस्तै उपमेयरमा एमालेकी शिल्पा कार्की विजयी भएका छन् । कार्कीले २५ हजार ६८० मत पाइन । उनका प्रतिस्पर्धी अमेरन्द्र यादवले १४ हजार २१९ मत पाए । यादव जसपाका अध्यक्ष उपेन्द्रका छोरासमेत हुन् । गठबन्धनबाट कांग्रेस र जसपाले भागबण्डा गरेपनि कांग्रेसका उम्मेदवारमात्र विजयी भए ।

ताजा अपडेट

नेपालवाच विशेष