NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नेपालले दियो युगान्डालाई १२४ रनको लक्ष्य

काठमाडौं । महिला टी–२० अन्तराष्ट्रिय शृंखलाको पाँचौं अर्थात् अन्तिम खेलमा नेपालले युगान्डालाई १२४ रनको लक्ष्य दिएको छ ।

नेपालका लागि ज्योति पाण्डे एक रनले अर्धशतक बनाउन चुकिन् । उनले ४९, कविता जोशीले १८, सिता रानामगरले १७, अप्सरी बेगमले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन पनि बनाउन सकेनन् ।

२० ओभरमा ६ विकेट गुमाउँदा नेपालका ४ खेलाडी रनआउट भए । रनआउट हुनेमा ४९ रन बनाउने ज्योती पाण्डे, ८ रन बनाउने अप्सरा बेगम र खाता नै नखोललेका कप्तान रुविना क्षेत्री र डोल्ली भट्ट छन् ।

लगातार तीन खेल हारेको महिला टोलीले सिरिज गुमाइसकेको छ । चौंथो खेलमा भने नेपाल विजयी भएको थियो । यो युगाण्डाको नेपाल भ्रमणको अन्तिम खेल हो ।