NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

नवनिर्वाचित महानगर प्रमुख-उपप्रमुखलाई प्रमाणपत्र

विराटनगर। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकामा विजयी हुने जनप्रतिनिधिलाई आज यहाँ आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण गरियो ।

मुख्य निर्वाचन अधिकृत भरत लम्सालले महानगरका नवनिर्वाचित प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्कीलगायत सम्पूर्ण १९ वडाका अध्यक्ष तथा सदस्यलाई निर्वाचित प्रमाणपत्र वितरण गरे । सो अवसरमा महानगरप्रमुख कोइरालाले नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्योपचारका लागि चाँडै महानगर अस्पताल निर्माण गरी सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उपप्रमुख कार्कीले पालिकालाई ‘महिला मैत्री’ बनाउने उद्देश्यले कार्य गर्ने बताउँदै महिला सीपमूलक तालिम, सुकुम्वासीमुक्त सहर निर्माण गर्न सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

मुख्य निर्वाचन अधिकृत लम्सालले निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने राजनीतिक दल, प्रहरी, प्रशासन एवं सञ्चारकर्मीको ठूलो भूमिका रहेको जनाउँदै धन्यवाद ज्ञापन गरे ।

ताजा अपडेट

नेपालवाच विशेष