NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

गढमै एमालेलाई धक्का, कांग्रेसका खेलराज विजयी

बुटवल । नेकपा एमालेको गढ मानिने रुपन्देहीको बुटवल उपमहानगरपालिकामा झन्डै ३ दशकपछि कांग्रेसले विजयी भएको छ । सत्ता गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका खेलराज पाण्डेयले मेयर पदमा विजयी भएका छन् ।

पाण्डेयले ३० हजार १ सय ३० मत पाएर विजयी भएका हुन् भने एमाले उम्मेदवार बाबुराम भट्टराईले २२ हजार ५ सय ९७ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेकपा एमालेकी सावित्रा अर्यालले एकीकृत समाजवादीका चिनबहादुर गुरुङलाई सात हजार ९२२ मतले पराजित गर्दै निर्वाचित भएकी हुन् । अर्यालले २४ हजार ९०४ मत ल्याएकी छन् भने गुरुङले १६ हजार ९८० मत पाएका छन् ।

यसअघि २०४९ सालमा कांग्रेसले मेयर जितेको थियो ।