NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

व्यास नगरपालिकामा अघि लागे कांग्रेसका न्यौपाने, पछि पछि जोशी

दमौली । तनहुँको व्यास नगरपालिकाकाे मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठ न्यौपालेले अग्रता लिएका छन् ।

अहिलेसम्म १९ हजार ८ सय २७ मतगणना हुँदा न्यौपानेले सात हजार ९ सय ८६ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले सात हजार ९ सय मत ल्याएका छन् ।

दुई प्रतिस्पर्धिबीच ८६ मतान्तर रहेको छ । सुरुवाती मतगणनामा जोशीले अग्रता लिएका थिए । व्यासका १४ वडामध्ये १ देखि ८ सम्मको मत गणना सकिएको छ । अन्य वडाको गणना बाँकी छ ।

कांग्रेस नेता गाेविन्दराज जाेशीका छाेरा दीपक एमालेकाे समर्थनमा कैंची चिन्ह लिएर मेयर पदकाे उम्मेदवार भएका हुन् ।

व्यास नगरपालिकामा गोविन्दराज जोशीका छोराको अग्रता

ताजा अपडेट

नेपालवाच विशेष