NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

अष्ट्रेलियामा लेबर पार्टीबाट एन्थोनी अल्बेनिज प्रधानमन्त्री बन्ने पक्का

काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो कन्जरभेटिभ दलको सरकारका लागि ‘कठिन रात’ भन्दै शनिबार भएको राष्ट्रिय निर्वाचनमा भएको पराजयलाई स्वीकार गरेका छन् ।

मोरिसनले भने, ‘आज राती मैले प्रतिपक्षी नेता तथा भावी प्रधानमन्त्री एन्थोनी अल्बेनिजसँग कुरा गरेको छु र उनको चुनावी विजयको लागि मैले उनलाई बधाई दिएको छु ।’

५४ वर्षीय प्रधानमन्त्रीले नेताले निर्वाचनमा प्रमुख दललाई मतदाताको समर्थन नदेखिएको उल्लेख गरेका छन् । उनले भने, ‘मेरो विचारमा हाम्रो राष्ट्रमा भइरहेको उथलपुथलबारे मलाई चिन्ता लागेको छ । हाम्रो राष्ट्रहितका लागि यो समस्या अन्त्य हुनु र राष्ट्रिय राजनीतिक गतिविधि अगाडि बढ्नु महत्वपूर्ण छ ।’

उनले भने, ‘हाम्रो गठबन्धनको बलियो नेतृत्वमा मलाई कुनै शङ्का छैन, अबको तीन वर्षपछि म गठबन्धन को सरकार फर्काउने प्रतीक्षामा छु ।

त्यहाँ शनिबार मतदान भएकाे थियाे । मोरिसनको कन्जरभेटिभ गठबन्धनले पनि चौथोपटक सरकार बनाउने अपेक्षा गरिएको थियो । तर पछिल्लो तथ्यांकअनुसार मोरिसनको गठबन्धन सरकारले बहुमत प्रमाणित गर्न नसकेपछि ९ वर्षपछि त्यहाँ लेबर पार्टीको सरकार बन्न लागेको हो ।

एन्थोनीको सरकार बनेपछि स्कट मोरिसनको लिबरल पार्टी लगभग एक दशकपछि विपक्षमा बस्नेछ, तर, लेबर पार्टीले बहुमतका साथ सरकार बनाउने वा निर्दलीय र अन्य दलसँग मिलेर सरकार बनाउने भन्ने अझै स्पष्ट भइसकेको छैन । ५० प्रतिशतभन्दा बढी मतगणना भइसकेको छ । यसमा लेबर पार्टी एक चौथाइभन्दा बढी मत ल्याएर अगाडि छ ।

 

अष्ट्रेलियामा शनिबार संघीय निर्वाचन हुँदै