NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

परराष्ट्रमन्त्री खड्कासँग अमेरिकी उपविदेशमन्त्रीको भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग अमेरिकाका उपविदेशमन्त्री जिया नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार शिष्टाचार भेटवार्ता गरेको छ ।

परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा उनीहरुबीच द्विपक्षीय/बहुपक्षीय मञ्चहरूमा मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध र सहयोग सम्बन्धी विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहेका उनी तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार यहाँ आइपुगेकी हुन् ।

यो वर्ष नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औं वर्ष चलिरहेको छ । यस अवसरमा नेपाल भ्रमणका लागि अमेरिकाबाट उच्च अधिकारीहरु आइरहेका छन् ।

अमेरिकी मन्त्री तिब्बती शरणार्थी शिविरमा, चीन असन्तुष्ट

प्रधानमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता