NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

हिमालयन हाइड्रोपावरको आइपिओमा आवेदन दिने म्याद थप

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आइपिओमा आवेदन दिने म्याद थप गरिएको छ । उक्त आइपिओमा लगानीकर्ताले जेठ १६ गतेसम्म आवेदन दिन पाउने भएका छन् ।

यसअघि उक्त आइपिओमा लगानीकर्ताले जेठ ८ गतेसम्म आवेदन खुलाएको थियो । हाइडोपावरले जारी पुँजीको १ अर्ब ९ करोड ५० लाख रुपैयाँ अर्थात ८।२२ प्रतिशत सेयर निष्कानशन गरेको थियो । हाइड्रोपावरले बैशाख २६ गतेदेखि कास्की जिल्लाका प्रभावित वासिन्दाहरुका लागि आइपिओ निष्काशन गरेको थियो । जसमध्ये कास्की जिल्लाको मादी गाउँपालिका वडा न। १,२,३,४,६ र ७ का स्थानिय वासिन्दाले आवेदन दिन सक्नेछन् ।

हाइड्रोपावरले ९ करोड रुपैयाँ बराबरको प्रतिसेयर सय अंकित मुल्यका ९ लाख कित्ता साधारण सेयर निष्काशन गरेको छ । लगानीकर्ताले उक्त आइपिओमा न्यूनतम १० कित्ता देखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

स्थानीयले आइपिओमा आवेदन दिँदा मुक्तिनाथ विकास बैंकको कास्कीमा रहेको काहुँखोला, अमरसिंह, बढीबजार शाखा कस्की, गरिमा विकास बैंकको कास्कीमा रहेको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौंडा, बुद्धचोक, तालचोक र हेम्जा शाखाबाट आवेदन दिन सकिने छ ।

यस्तै धितोपत्र बोर्डबाट सी-आस्वा सदस्य पाएका बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने छ । उक्त आइपिओको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष