NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

४१ हजार मत कटाएका बालेन झण्डै साढे १७ हजारले अगाडि, स्थापित तेस्रोमा मात्रै

काठमाडौं । काठमाडौं महानगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो रफ्तार झनै बढाइरहेका छन् । उनले दोस्रो स्थानका उम्मेदवारलाई झण्डै साढे १७ हजार मतले उछिनेका छन् ।

यसअघि लामो सयम तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले दोस्रो स्थानमा कायम रहेकी छिन् । उनी पहिलो स्थानमा रहेका

बालेनभन्दा १७४२४ मतले पछि छिन् । यद्यपि, उनले एमालेका केशव स्थापितलाई भने ८०० भन्दा बढी मतले पछि पारिरहेकी छिन् ।

बालेनले ४१२७९ मत ल्याएका छन् भने सिर्जनाले २३८५५ मत ल्याएकी छिन् । स्थापितले भने २३०२४ मतमात्र प्राप्त गरेका छन् ।