NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते
धरान उपमहानगर :

स्वतन्त्र साम्पाङले कांग्रेसका राईलाई भारी मतले जिते, कति छ मतान्तर ?

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका मेयरमा लौरो चिन्ह लिएर विजयी भएका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले आफ्ना विपक्षीलाई भारी अन्तरले पछि पारेका छन् ।

धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साम्पाङ विजयी – NepalWatch

सम्पाङले कांग्रेसका किशोर राई र मञ्जु भण्डारी सुवेदीलाई पछि पार्दै विजयी भएका थिए । तर, मतान्तर आइसकेको थिएन । साथै, औपचारिक घोषणासमेत बाँकी थियो ।

अहिले अन्तिम नतिजा आएको छ । जसमा स्वतन्त्र उम्मेदवार साम्पाङले निकटम प्रतिद्धन्द्धी कांग्रेसका राईलाई ४७६२ मतान्तरले पछि पारेका छन् ।

उनले २०८२१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राई १६०५९ मतमा रोकिए ।

त्यस्तै उममेयरमा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघा विजयी भएका छन् । उनले २०५१० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका पदम लिम्बूले १७६०६ मत पाए ।

एमाले–कांग्रेसको वर्चश्व तोड्दै हर्क साम्पाङले धरानलाई यसरी दिलाए लौरोको सहारा ! – NepalWatch

ताजा अपडेट

नेपालवाच विशेष