NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिकाको मेयर र उपमेयर कांग्रेस र एमालेले बाँडेका छन् । मेयरमा नेपाली कांग्रेसका उम्मेदवार महेश खरेल र उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सूर्यमाया दनुवार विजयी भएका छन् ।

एमालेका कञ्चन अधिकारीलाई ४ हजार ७११ मतको अन्तरमा परास्त गर्दै खरेल पुनः दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन् । खरेलले १२ हजार ८ सय ३६ मतका साथ जित दर्ता गराउँदा अधिकारी ८ हजार ११५ मतमा सीमित भए ।

नेकपा माओवादी केन्द्रका चेतप्रसाद गौतम (मणि) लाई पराजित गर्दै उपमेयरमा सूर्यमाया दनुवार निर्वाचित भएकी छन् ।

दनुवारले ९ हजार ५३४ मत हासिल गर्दा गौतमले ९ हजार १० मत बटुल्न सफल भए ।

योसँगै काभ्रेमा स्थानीय तह निर्वाचनको मैजारो भएको छ ।