NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

आज पनि मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । आज पनि मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले केही दिनयता मौसम विथोलिएको र आज पनि त्यसको असर रहने मौसमविद्ले जनाएका छन् ।

सोमबार बिहान मात्रै पनि बागमती र गण्डकीका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो पनि यो क्रम यथावत् रहने महाशाखाको प्रक्षेपण छ ।

महाशाखाको अनुसार, मौसममा देखिएको अहिलेको प्रभाव मंगलबार रातिसम्मै रहनेछ ।