NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

वामदेव किन हिँडे सुटुक्क अमेरिका ?

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतम सुटुक्क अमेरिका प्रस्थान गरेका छन् ।

गौतम श्रीमती तुलसासहित आइतबार साँझ बजे कतार एयरलाइन्सको उडानबाट अमेरिका प्रस्थान गरेका हुन् ।

निजी भ्रमण भएकाले यो विषय औपचारिक रुपमा बाहिर नल्याइएको उनको सचिवालयले जनाएको छ ।

यतिबेला नेपाल र अमेरिका कूटनीति सम्बन्धको ७५ वर्षगाँठका मनाइरहेको अवस्था छ । यसैको निहुँ पारेर अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले भर्खरै नेपाल भ्रमण गरेकी छिन् ।

नेपालको संसद्बाट एमसिसी पारित गरेपछि अमेरिकी अधिकारीहरूको भ्रमण बाक्लिएको छ । साथै, नेपालका नेता र अधिकारीहरू पनि अमेरिका क्रम चलिरहेको छ । यहीबेला नेता गौतम पनि अमेरिका जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता – NepalWatch