NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

कोरोना, मंकीपक्स र युक्रेन युद्ध विश्वका लागि ठूलो चुनौती

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले अहिले विश्वले कोरोना, मंकीपक्स र युक्रेनमा जारी युद्ध लगायतका कठिन चुनौतीहरूको सामना गरिरहेको चेतावनी दिएका छन् ।

जेनेभामा संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीका विज्ञहरूसँगको छलफलका क्रममा डा टेड्रोस अधानोम गेब्रेयससले यस्तो बताएका हुन् । यी सबै विज्ञहरू अफ्रिकाबाहिर विश्वका १५ देशमा फैलिएको मंकीपक्सबारे छलफल गर्न भेला भएका थिए ।

हालसम्म युरोप, अमेरिका, क्यानडा, अष्ट्रेलिया र इजरायलमा ८० भन्दा बढी मंकीपक्सको पुष्टि भइसकेको छ ।

आइतबार वार्ताको सुरुवातमा डब्ल्यूएचओ प्रमुखले भने, ‘अवश्य पनि विश्वमा कोरोना महामारी मात्रै संकट होइन । हामीले रोग, खडेरी, भोक र युद्ध जस्ता गम्भीर संकटको सामना गरिरहेका छौं, जुन जलवायु परिवर्तन, असमानता र भूराजनीतिक प्रतिद्वन्द्वताले बढाएको छ,’ उनले भने ।

बेलायतमा मंकीपक्सको पहिलो केस देखिएपछि युरोपका अन्य धेरै देशहरूमा पनि यो भाइरस भेटिएको छ ।

स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्याण्ड्स, इटाली र स्वीडेनमा पनि यो भाइरस पुष्टि भएको छ ।

आइतबार अस्ट्रिया र स्विट्जरल्याण्डमा पनि मंकीपक्सका संक्रमित फेला परेका छन् ।

विश्वका १२ देशमा फैलिइसकेकाे मंकीपक्स भाइरस के हो ? कसरी सर्छ ?