NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

कान्स फिल्म फेस्टिभलमा रुसको विरोधमा उत्रिए महिला

पेरिस । फ्रान्समा भइरहेको ७५ औं कान्स फिल्म फेस्टिभलमा रुसी सैनिकको विरोधमा शुक्रबार एक युक्रेनी महिलाले आफूले लगाएका सबै कपडा खोलेर विरोध जनाएकी थिइन् । आफ्नो शरीरमा लेखिएको बलात्कारविरुद्धको सन्देश प्रकट गर्न उनले आफ्नो लुगा कान्सको रेड कार्पेटमा क्यामेरा र सेलिब्रेटीको भिडमा फुकालेर अर्धनग्न बनिन् ।

यी महिलाले आफ्नो शरीरमा निलो र पहेँलो रंगमा युक्रेनको झण्डा बनाएकी थिइन् । झण्डाको माथि महिलाले कालो रङमा ‘हामीलाई बलात्कार गर्न बन्द गर’ सन्देश लेखेकी थिइन् । यसबाहेक महिलाले आफ्नो खुट्टामा रातो रंग पनि लगाएकी थिइन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत महिना अनुसन्धानकर्ताहरूले युद्धका समयमा रुसी सेनाले कब्जा गरेको क्षेत्रमा साना बालबालिकासहित सयौंलाई बलात्कार गरेको रिपोर्ट प्राप्त गरेको बताएका थिए ।

यसपछि रुसी सेनाले युक्रेनीहरुलाई गरेको बलात्कारको विरोध गर्दै उनले त्यसो गरेकी थिइन् । त्यहाँ रुसविरुद्ध प्रदर्शनका गतिविधि जारी रहेका छन् ।

आइतबार पनि फेस्टिभलको रेड कार्पेटमा युक्रेनको समर्थनमा महिलाहरुले प्रदर्शन गरेका छन् ।

रुसी सैनिकहरूको विरोध गर्दै उनीहरुले स्मोक ग्रेनेडहरू फ्याँके । यसपछि रेड कार्पेट कार्यक्रम केही समयका लागि रोकिएको थियो । कालो पोशाक लगाएका महिलाहरूको समूहले युक्रेनको समर्थनमा ब्यानरहरू लहराए । उनिहरूले त्यहाँ बमजस्तै वस्तु फ्याँकेका थिए, जसका कारण पूरै कार्यक्रम स्थ्ल धुवाँले भरिएकाे थियो ।

‘ए वुमन’ ब्यानरमा धेरै महिलाकाे नाम लेखिएकाे लामाे सूची प्रर्दशन गरे । द आउटलेटका अनुसार सूचीमा रहेका महिलाका नाम फ्रान्समा पतिद्वारा दुर्व्यवहारमा परेर मारिएका महिलासँग मिल्दोजुल्दो छन् ।

डेडलाइनको रिपोर्टअनुसार फिल्म प्रतियोगिताको क्रममा घटना भएको हो । त्यतिबेला ‘होली स्पाइडर’ फिल्मको प्रिमियर चलिरहेको थियो । होली स्पाइडर इरानको नारीवादी थ्रिलर फिल्म हो । यसमा एउटी महिलाले वेश्यालाई मार्ने पुरुषलाई पक्राउ गरेको कथा रहेको छ ।