NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

मन्त्रालयले डिआइजीहरू उत्तमराज सुवेदी, अरुण कुमार बि.सी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिहंलाई बढुवाका लागि सिफारिस गरेको हो ।

सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको उक्त पदमा बढुवा सिफारिस गरिएको हो ।