NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

यो जातकाे कुकुरदेखि सावधान !

काठमाडौं । कुकुर धेरै मानिसले मन पराउने जनावार हो । यसलाई मानिसको साथी भन्न पनि सकिन्छ । खास गरी कुकुरको सोखिन व्यक्तिमा यसको आर्कषण बढी मात्रामा हुन्छ । विश्वमा कुकुरका सानादेखि अजङ्गको ज्यान भएका कुकुरका प्रजाति पाइन्छ र मानिसहरु अनुसार यी कुकुर पाल्ने सोख पनि फरक हुन्छ ।

साना साना कुकुरले सबैको मनमा एक अलगै किसिमको मोह पैदा गर्छ तर कुकुर पनि मानिसका लागि हानिकारक हुन पुग्छन् । एक अध्ययनले कुकुरको पग प्रजाति हानिकारक हुने देखाएको छ ।

हेर्दामा अति नै लोभ लाग्दो र राम्रो हुने पगको लोकप्रियता अधिक छ । यो जातको कुकुर धेरै मानिसको घरमा देखिन्छ । अनुसन्धानकर्ताले यो कुकुर पाल्ने व्यक्तिहरु सावधान हुनुपर्ने बताएका छन् ।

पगबारे गरिएको अध्ययनले स्वास्थ्यको मामिलामा यसलाई सामान्य कुकुरको वर्गमा राख्न ठिक नहुने बताएको छ । लन्डनको रोयल भेटनरी कलेजको अध्ययनले पग अरु कुकुरको तुलनामा यसको स्वास्थ्य अवस्था धेरै कमजोर हुने पुष्टि गरेको छ । अनुसन्धानकर्ताले ४ हजार ३०८ वटा पग र २१ हजार आठ सय ३५ अन्य कुकुरको स्वास्थ्य अवस्थाको अध्ययन गरेका थिए ।

अति नाजुक स्वभाव

अन्य सामान्य कुकुरको तुलनामा पगमा बिरामीे हुने सम्भावना बढी हुन्छ । पग कुकुरको बेलायती प्रजाति बुलडग वा बक्सर बै्रकिकसेफलिक पर्छ । यसको अनुहार अन्य कुकुरको भन्दा अलि भिन्न हुन्छ । पछिल्लो समय बेलायतमा पगको लोकप्रियता बढ्दै गएको छ । बेलायतमा सन् २००५ सालदेखि २०१७ सम्ममा यिनीहरुको लोकप्रियता ५ गुणा बढेको छ ।

तर अन्य कुकुरको तुलनामा वर्षमा एकभन्दा बढी रोगबाट यिनीहरु पीडित हुने सम्भावना पनि १.९ गुणा बढी हुन्छ । क्याम्ब्रिज विश्वविद्यालयका भेटनरी सर्जन डा.माइफेनवी हिल भन्छन, ‘पग कुकुरको स्वास्थ्य बारेमा पत्ता लागेको विषय अनौठो छैन । कुकुरको मस्तिष्क सानो हुन्छ, साथै यसका माशंपेशी पनि सानो ठाउँमा भरिएको हुन्छ । यसले गर्दा उनीहरुमा श्वासप्रश्वासमा समस्या, छाला तथा ढाडसम्बन्धी रोग धेरै लाग्छ ।

पग कुकुरको समस्याको कारण

पगमा ब्रकिसेफलिक अब्सट्रक्टिव एरवे सिन्ड्रोम (श्वासपश्वाससम्बन्धी समस्या) सबैभन्दा बढी देखिन्छ । हाइब्रिड नस्लको पग कुकुरमा श्वासप्रश्वासम्बन्धी समस्या ५४ गुणासम्म बढ्न सक्छ । डा. हिलका अनुसार पगको नाक चौडा आकारको नहुने भएकाले उनीहरुलाई सास फेर्न मुश्किल हुन्छ ।

यिनीहरुको छाला धेरै र बाक्लो हुने भएकाले स्किनफोल्ड संक्रमण हुने र ढाडमा पनि समस्या देखिन्छ । यो जातको कुकुरको शरीरको अन्य भागमा भन्दा मुखमा छाला बढी हुन्छ । अनुसन्धानमा केही समस्यामा पगमा कम देखिने पनि पाइएको छ । यी कुकुरमा मुटु काप्ने, कम आक्रमक हुने तथा चोटपटकको जोखिम कम हुन्छ ।

ध्यान राख्न जरुरी

गर्मी महिनामा पग पाल्ने व्यक्तिले ज्यादा सावधानी अपनाउनु पर्दछ । यस्तो कुकुरको श्वास नली साँघुरो हुने हुँदा यिनीहरुलाई बढी गर्मी लाग्ने हुन्छ । पगलाई चिसो ठाउँमा राख्नुपर्छ । साथै यस्तो कुकुरको तौलमा पनि ध्यान राख्न जरुरी हुन्छ । छोटो आकारको हुने हुँदा धेरै तौलले यिनीहरुलाई अझ बिरामी पार्न सक्छ ।

ताजा अपडेट

नेपालवाच विशेष