NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

भरतपुरमा रोकिएको मतगणना सुरु

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा विवादका कारण रोकिएको मतगणना पुनः सुरु भएको छ ।

वडा नं. २७ को मतगणनाका क्रममा एकजना एमाले कार्यकर्तालाई पक्राउ गरेको विरोधमा एमालेले मतगणना रोक्न माग गरेको थियो ।

गणनास्थलमा एमालेले पठाएका प्रतिनिधि कर्मचारीले गणना गर्ने स्थलमा छिरेर मतपत्र पट्याउन थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । ती प्रतिनिधिले जालीभित्रै पसेर कर्मचारीले गर्ने काम गर्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

केही बेरकाे विवादपछि मतगणना सुरू भएकाे हाे ।