NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

मतगणना नसकिँदै पोखराको मेयरमा आचार्य विजयी

कास्की । पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवार धनराज आचार्य मतगणना नसकिँदै विजयी भएका छन् । गणना हुन बाँकी मतभन्दा बढीको अग्रता लिएपछि आचार्यको जित सुनिश्चित भएको हो ।

यो महानगरपालिकामा एक लाख ४३ हजार २२६ मत खसेकोमा एक लाख ३८ हजार २११ मतगणना सकिएको छ । त्यहाँ अब मात्रै ५ हजार १५ मतगणना बाँकी छ । जबकि, सत्ता गठबन्धनबाट प्रमुखका साझा उम्मेदवार नेकपा (.कीकृत समाजवादी) का धनराज आचार्यले पाँच हजार २८६ मतको अग्रता बनाइसकेका छन् ।

उनले गणना बाँकी रहेको मतभन्दा बढीको अग्रता बनाएपछि समर्थकहरूले विजयी खुसीयाली मनाउँदै विजयी जुलुसको तयारी गरेका छन् ।

हालसम्म प्रमुखका उम्मेदवार आचार्यले ५६ हजार ४७१ मत प्राप्त गरेकोमा उनका निकटतम् प्रत्यासी नेकपा (एमाले) का कृष्णबहादुर थापाले ५१ हजार १८५ मत ल्याएका छन् ।

यसैगरी उपप्रमुखमा एमालेका उम्मेदवार मञ्जुदेवी गुरुङले सत्ता गठबन्धनका उम्मेदवारलाई चार हजार ३५ मतान्तरले पछाडि पारेकी छन् । गुरुङ ५८ हजार ५८२ मतसहित विजय नजिक पुग्दा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटले ५४ हजार ५४७ मत हासिल गरेकी छन् ।

पोखरा महानगरपालिका वडा नं २२, ३२ र ३३ को आंशिक मतगणना गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।