NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

गायिका ममता र नवगायक अमृतको स्वरमा ‘आऊ अलि वर आऊ’ सार्वजनिक 

काठमाडाैं । नेपाल आइडलबाट चर्चा कमाएकी गायिका ममता गुरुङ र  नवगायक अमृत एडिले गाएको ‘आऊ अलि वर आऊ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

युवा संगीतकार प्रमोद पन्तको संगीत र देवदत्त भट्टको गीति लेखनमा तयार भएको सो गीतमा विश्व अधिकारीको एरेन्ज र पुस्कर सुनुवारको मिक्सिङ रहेको छ।

मेलोडी नेपालले तयार गरेको भिडियो पिपिएम म्युजिक क्रियसन युट्युब च्यानलबाट सार्वजनिक भएको हो।