NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

बालेनले कटाए ५० हजार मत

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार बालेन्द्र शाहले ५० हजार मत कटाएका छन् । उनले ५० हजार ३० मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार ७ सय ६७ र नेकपा एमालेका केशव स्थापित ३० हजार १५ मत ल्याएका छन् ।

मतगणनाको सुरुदेखि नै अग्रता बनाएका बालेन सिर्जनाभन्दा १९ हजार २ सय ६३ मतले अगाडि रहेका छन् । त्यस्तै स्थापितभन्दा उनी २० हजार १५ मतले अगाडि छन् ।

१ लाख ९१ हजार ५५ मत खसेकोमा अहिलेसम्म १ लाख ५३ हजार मत गणना भएको छ । अब गन्न बाँकी ३७ हजार ७ सय मत छ । हाल काठमाडौंको वडा नम्बर १३, १४, १५, १६, १८, १९, २० र २१ को मत गणना भइरहेको छ । अन्य वडाको मतगणना सकिएर नतिजा आइसकेको छ ।