NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

पोखराका दुई वडामा पुनः मतगणना गर्न एमालेको माग

पोखरा । पोखरा महानगरपालिकाका दुई वटा वडामा पुनः मतगणना गर्न एमालेले माग गरेको छ । वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको हो ।

प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको हस्ताक्षरमा पुनः मतगणनाका लागि निवेदन दिइएको हो ।

वडा नम्बर १८ मा ३ मतान्तर र वडा नम्बर ३१ मा १६१ मतान्तरले नेपाली कांग्रेसका उम्मेदवारसँग एमालेका उम्मेदवार पराजित भएका थिए ।