NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

तन्ना कति समयको अन्तरमा फेर्नुपर्छ ?

काठमाडौं । प्रायः मानिसहरु धेरै समयसम्म तन्ना परिवर्तन गर्दैनन् । तर लामो समय तन्ना परिवर्तन नगर्दा यसले के असर गर्छ भन्ने बारेमा थाहा हुन जरुरी छ ।

तन्ना फेर्ने र धुने कुरा मानिसका लागि ठूलो विषय नलाग्न सक्छ तर यसले हाम्रो जीवनमा ठूलो प्रभाव पार्छ । पछिल्लो समय बेलायतका दुई हजार २५० वयस्क व्यक्तिमा यसबारे सर्वेक्षण गरिएको थियो ।

सर्वेक्षणबाट अविवाहित पुरुषले करिब चार महिनासम्म पनि आफ्नो तन्ना नफेर्ने पत्ता लगाएको छ ।

मनोवैज्ञानिक एवं निद्रा विशेषज्ञ डा. लिन्डसे ब्राउनिंग भन्छन्, ‘हामीले एक वा दुई हप्तामा तन्ना बदल्नु पर्छ । हरेक मानिसको शरीरबाट पसीना आउने गर्छ यो पसिना तन्नामा लाग्नाले दुर्गन्द फैलिन्छ । राम्रो निद्राका लागि हामीलाई चिसो महसुस हुनुपर्छ, यसका लागि हामीलाई हावाको जरुरत पर्दछ । निद्राको समय हाम्रो शरीरमा केवल पसीना मात्र नभई हाम्रो छालाको मृत कोशिकाहरु पनि मुक्त हुन्छ ।’

डा. ब्राउनिंगका अनुसार प्रयोग गरिएका तन्नालाई बारम्बार नधुनाले यसले मृत कोशिका तन्नामै रहन्छन् । एक अध्ययनका अनुसार मृत कोशिकालाई घुन जस्ता साना जिवले खाने गर्छन्, जसका कारण पनि हामीलार्ई सुत्न समस्या हुन सक्छ ।

धेरै मानिसले तन्ना नबदल्नुको कारण लावरवाही तथा अल्छिपना भएको तंथ्याकले देखाउँछ ।