NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

क्वाड बैठक : इन्डो प्यासिफिक क्षेत्रमा चीनको गतिविधि निगरानी गर्ने सहमति

टोकियो । अष्ट्रेलिया, भारत, जापान र अमेरिका (क्वाड देश) का शीर्ष नेताहरू मंगलबार टोकियोमा भेट भएका छन् । क्वाड समूहको चौथो बैठकमा उनीहरू जापान पुगेका हुन् । चारमध्ये दुईवटा भर्चुअल रुपमा भएका छन् ।

इन्डो-प्यासिफिक क्षेत्रमा चीनको आक्रमण रोक्ने उद्देश्यले भएको समूह बैठकमा कोरोना-१९ रोकथामका लागि चालिएका कदम, विश्वव्यापी स्वास्थ्य सुरक्षा, जलवायु, प्रविधि, साइबर, अन्तरिक्ष र पूर्वाधारलगायतका विविध विषयमा छलफल भएको छ ।

यद्यपि यस अवधिमा चार देशका नेताहरूले चीन बारे कुनै टिप्पणी गरेनन्, तर बैठकमा इन्डो-प्यासिफिक क्षेत्रमा भूउपग्रहबाट चीनको गतिविधि निगरानी गर्ने सहमति भएको छ ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिअनुसार टोकियोमा क्वाड नेताहरूले इन्डो-प्यासिफिक पार्टनरशिप फर मेरिटाइम डोमेन अवेयरनेस (आइपिएमडिए) को शुभारम्भ गरे ।

यसमार्फत दक्षिण पूर्व एसिया, प्रशान्त टापु र हिन्द महासागर क्षेत्रमा पानीको पूर्ण अनुगमन गर्ने सुविधा उपलब्ध हुनेछ ।

यसका साथै चार देशले क्वाड फेलोशिप सुरु गरेका छन्, जसअन्तर्गत विज्ञान, प्रविधि, इन्जिनियरिङ्, गणित विषयमा अध्ययन गर्न हरेक वर्ष १०० अमेरिकी, अष्ट्रेलिया, भारतीय र जापानी विद्यार्थीले अमेरिका जाने अवसर पाउनेछन् । यस फेलोशिपको लागि आवेदनहरू सुरु गरिएको छ र यो ३० जुन २०२२ सम्म जारी रहनेछ ।

क्वाड देशहरूले कोरोना महामारीसँग लड्न भ्याक्सिनमा सहकार्य गर्न सहमत भएका छन् र विश्वव्यापी सुरक्षाप्रति प्रतिबद्धता पनि देखाएका छन् । हालसम्म क्वाड देशहरूले इन्डो-प्यासिफिक क्षेत्रका देशहरूलाई करिब २५ करोड ७० लाख डोज कोरोना भ्याक्सिन उपलब्ध गराइसकेका छन् ।