NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

ललितपुर महानगरको मेयरमा फेरि चिरीबाबु, मतगणना नसकिँदै दिए व्यञ्जनकारले बधाई

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित भएका छन् । अन्तिम परिणाम आउनुअघि नै एमालेका मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई पछि पार्दै उनी विजयी भएक हुन् ।

महर्जनले यसअघि ०७४ मा भएको निर्वाचनमा पनि व्यञ्जनकारलाई नै हराएर मेयरमा विजयी भएका थिए ।

यस्तै, उपमेयरमा नेकपा (एमाले)की उम्मेदवार विजयी भएकी छिन् । एमालेकी मञ्जली शाक्यको विजयी भए पनि औपचारिक घोषणा हुन भने बाँकी छ ।

मतगणना अन्तिम चरणमा पुग्दा दुवै उम्मेदवारले विपक्षीभन्दा १० हजारभन्दा बढी मतको अग्रता लिएर विजय सुनिश्चित गरेका हुन् ।

यसैबीच, गठबन्धनको तर्फबाट कांग्रेसको उम्मेदवार महर्जनलाई निकतम् प्रतिद्धन्द्धी व्यञ्जनकारले घोषणा हुनुअघि नै बधाई दिएका छन् ।