बालेनबारे लाउरेको प्रतिक्रिया : मेरा मितज्यूले बबालै गरे

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा र्यापर बालेन शाहको जित सुनिश्चित भइरहेका अर्का र्यापर लाउरे (आशिष राना)ले प्रतिक्रिया दिएका छन् ।
लाउरेले नेपाली हिपहपमा लागेकामध्ये बालेनले पाएको उपलब्धि गर्व गर्न लायक रहेको बताएका छन् ।
‘काठमाडौंमा उठेको मेरो मितज्यू बालेनले चाहिँ बबालै गर्यो हैन त ! सबैको मन जित्यो अनि नेपाली हिपहपको क्षेत्रमा र मेरो जीवनको दौरानमा साथीहरूले गरेका काममध्ये अहिले बालेनले गरेको चाहिँ एउटा गर्व गर्न लायक भयो मलाई’, उनले भनेका छन् ।
बालेनसँग तर्कमात्र नभएर प्राविधिक ज्ञानसमेत रहेको बताउँदै लाउरेले प्रशंसा गरेका छन् ।
‘उसको भिजन एकदमै राम्रो छ, कुरा गर्ने तरिका पनि राम्रो छ । ब्याटल र्यापर भइसकेपछि तर्क दिन त सकिहाल्छ उसले । त्यस्तै प्राविधिक रुपमा पनि राम्रो ज्ञान भएको मान्छे । सिति–मिति सानोतिनो कुरामा हार नमान्ने र जहिले पनि अगाडि बढिराख्नु पर्ने भनेर धारणा राख्ने मान्छे हो उ !’, उनले भनेका छन् ।
बालेन र लाउरे दुवै दक्ष र्यापर मानिन्छन् । सन् २०१४ मा यी दुईले र्याप ब्याटलमा भाग लिएका थिए । तर, दुईबीच भने ब्याटल हुन पाएन । फ्यानहरूले यी दुईबीचको ब्याटलको माग गरे । तर, त्यो कहिल्यै हुन सकेन ।
ताजा अपडेट
-
न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न निषेध
-
सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै
-
पोखरा स्पोर्ट्स अवार्ड :अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी
-
बैतडीबाट पाँच महिलाको उद्धार
-
नेकपा एसका अध्यक्षलाई भारतीय राजदूतले भेटे
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया