NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते
कामनपा अपडेट

२२६३८ मत गणना हुन बाँकी छँदा बालेनलाई २०११० को अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकामा २२६३८ मत गणना हुन बाँकी छँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रता २०११० बनाएका छन् ।

प्राप्त पछिल्लो मत परिणामअनुसार, साहले ५४७१८ मत हासिल गरेका छन् । उनलाई नजिकबाट पछ्याइरहेकी सिर्जना सिंहको पक्षमा ३४६०८ मत खसेको छ । साहर सिंहबीचको मतान्तर २०११० छ ।

एमालेका केशव स्थापित तेस्रो स्थानमा छन् । उनले हालसम्म ३३९७५ मत प्राप्त गरेका छन् ।

काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार १२५ मत खसेको थियो । जसमध्ये १ लाख ६८ हजार ४८७ मत गणना भइसकेको छ ।

बालेनले प्राप्त गरेको मतको रफ्तार र गणना हुन बाँकी मत विश्लेषण गर्दा उनको जित अब करिब करिब सुनिश्चितजस्तै देखिएको छ ।