NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

भारतले चिनी निर्यातमा प्रतिबन्ध लगायो

काठमाडौं । गहुँमा प्रतिबन्ध लगाएको केही दिनमै भारतले चिनी निर्यातमा पनि प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध जुन १ देखि लागू हुनेछ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार आन्तरिक बजारमा चिनीको उपलब्धता बढाउनु र यसको मूल्य बढ्न नदिन प्रतिबन्ध लगाइएकाे हो ।

यो प्रतिबन्ध युरोपेली युनियन र अमेरिका निर्यात हुने चिनीमा लागू हुने छैन । यी क्षेत्रहरुमा सिएक्सएल र टिआरक्यू अन्तर्गत निश्चित मात्रामा चिनी निर्यात गरिने छ ।

भारत सरकारले १०० लाख मेट्रिक टनसम्म चिनी निकासी गर्न दिने निर्णय गरेको छ । भारत ब्राजिलपछि विश्वमा चिनीको दोस्रो ठूलो उत्पादक र निर्यातकर्ता हो ।