NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

स्टेसनरीका व्यापारी धनराज आचार्य यसरी बने पोखरा महानगरको मेयर

काठमाडौं । पोखराका नवनिर्वाचित मेयर धनराज आचार्य २०२६ साल चैतमा कास्कीको भरतपोखरीमा जन्मिएका हुन् । सानै उमेरबाटै राजनीतिमा सक्रिय रहेका आचार्य नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यसमेत हुन् । गत भदौ २ मा एमाले विभाजन हुँदा उनी एकीकृत समाजवादीमा लागेका थिए ।

विद्यालयमै अनेरास्ववियु प्रारम्भिक कमिटीबाट आचार्यले विद्यार्थी राजनीति सुरु गरेका थिए । उनले २०४४ मा पृथ्वीनारायण क्याम्पस पोखरामा एमाले निकट अनेरास्ववियु प्रारम्भिक कमिटीमा सक्रिय रहे । ०४५ मा अनेसारस्ववियुको जिल्ला कमिटी सदस्य हुँदै ०४७ मा अध्यक्ष बने । २०४९ सालमा अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्य बने । २०५१ सालमा आचार्य पृथ्वीनारायण क्याम्पसका स्ववियु सभापति चुनिएका थिए । २०५४ सालमा केन्द्रीय सचिवालय सदस्य भए । एमबीए र एमएडसम्म अध्ययन गरेका आचार्य पोखराका कुशल प्रभावशाली नेता मानिन्छन् ।

आचार्य व्यापारी पृष्ठभूमिका व्यक्ति हुन् । उनी पोखरामै बसेर विभिन्न व्यापार व्यवसाय गर्दै आएका छन् । उनले २०६० सालमा नेकपा एमाले कास्की उद्योग व्यवसाय विभाग प्रमुखको जिम्मा पाएका थिए । २०६९ मा एमाले सम्बद्ध नेपाल राष्ट्रिय वाणिज्य संघ केन्द्रीय कमिटी अध्यक्ष भए । पुस्तक पसलबाट व्यवसाय सुरू गरेका आचार्य उनी अहिले प्रकाशन गृह नै चलाइरहेका छन् । आचार्यको घर पोखरा–५ मा रहेको छ ।

मेयरका आकांक्षी पोलिटब्यूरो सदस्य द्वय दीलकुमारी पन्त र श्रीनाथ बराललाई पछि पार्दै उनी मेयरको टिकट लिन सफल भएका थिए । आफ्नै पूर्वसहकर्मी कृष्ण थापालाई पराजित गरी आचार्य मेयर बन्न सफल भएका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष