NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

मेयर भएपछि रेनुको पहिलो निर्णय : सरकारी अस्पतालमा जन्मिएका छोरीको जीवन बिमा

काठमाडौं । आफ्ना प्रत्यासी विजय सुवेदीसँग १२ हजारभन्दा बढी मतान्तरले भरतपुर महानगरपालिका मेयरमा विजयी रेनु दाहालले आफ्नो पहिलो निर्णय सार्वजनिक गरेकी छन् ।

दोस्रो कार्यकालका लागि मेयर पदभार ग्रहण गरेसँगै उनले सरकारी स्वास्थ्य संस्थामा जन्मिएका नगरबासीका छोरीहरुका लागि एक लाख रुपैयाँ बराबरको जीवन बीमा गर्ने निर्णय गरेकी हुन् ।

आगामी आर्थिक वर्षबाट लागू हुनगरी उक्त बीमा कार्यक्रम घोषणा भएको हो । उक्त बीमाको दाबी १५ वर्षपछि गर्न पाइन्छ ।

योसँगै उनले महानगरबासीका लागि सात हजारसम्म खानेपानीको महसुल तिरिदिने निर्णय गरेकी छिन् । उनका अनुसार अबको दुई वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्म खानेपानीको पहुँच पुग्नेछ ।

दाहालले यसपटकको कार्यकालमा पनि शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई मुख्य एजेण्डाका रुपमा अघि सार्ने जनाएकी छन् ।