NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

कांग्रेस, एमालेको वर्चस्व तोड्दै काठमाडौं महानगरपालिकामा स्वतन्त्रका बालेनको सानदार जित

काठमाडौं । कांग्रेस र एमालेको बलियो पकडलाई पन्छाउँदै देशको राजधानी सहर काठमाडौं महानगरपालिकामा स्वतन्त्रका बालेन शाह मेयरमा विजयी भएका छन् ।

२०७४ सालमा एमालेका विद्यासुन्दर शाक्यले २० हजार मतान्तरले जितेको महानगरमा यसपटक स्वतन्त्रका बालेनले एमाले र कांग्रेस दुवैलाई स्तब्ध पार्दै मेयरमा बाजी मारेका हुन् । कुनै दलमा आवद्ध नभएका र्यापर बालेन अन्ततः सबै मत गनिनसक्दै मेयरमा सानदार ढंगले विजयी भएका हुन् ।

घरघरसम्म संगठनको जालो रहेका कांग्रेस एमालेको वर्चस्व तोड्दै लौरो चिन्हबाट उठेका ३२ वर्षीय बालेनले विना संगठन नै राजधानीको महानगरमा कब्जा जमाएका हुन् ।

काठमाडौंमा १९ हजारभन्दा पनि कम मत गणना गर्न बाँकी हुँदा बालेन विजयी भएका हुन् । दोस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहसँग बालेनको मतान्तर २० हजार माथि पुगेपछि सबै मत गणना नसकिंदै बालेन विजयी भएका हुन् ।

अब बाँकी मत गणनामा सबै मत अरु दललाई गए पनि बालेनको जित पक्का भएको छ । तर अहिलेसम्मको मतगणनामा बालेन एकपटक पनि पछाडि नपरी जित्न सफल भएका छन् । मेयरमा जित्ने आशा गरिएका पूर्व मेयर केशव स्थापित जारी मतगणनामा तेस्रो स्थानमा मात्रै छन् । १ लाख ९० हजार भोट खसेको काठमाडौंमा १ लाख ७१ हजार बढी मतगणना भइसकेको छ ।

बालेनसँगै काठमाडौंमा एमालेबाट उपमेयरमा सुनिता डंगाले विजयी भएकी छन् । डंगोल समाजवादीका रामेश्वर श्रेष्ठभन्दा ३० बढी अन्तरले अगाडि छन् । यो निर्वाचनमा सबैभन्दा बढी अन्तरले जित्ने उम्मेदवार डंगोल नै बन्ने लगभग पक्का जस्तै भएको छ ।

विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेत नगरौं -बालेन