NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

बालेन र मबीच दोहोरो प्रेम छ : चिरीबाबु

काठमाडौं । लतितपुर महानगरपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका चिरीबाबु महर्जनले आफू र काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहबीच दोहोरो प्रेम रहेको बताएका छन् ।

मंगलबार मेयरमा पुनः निर्वाचित भएका महर्जनले बालेनले आफूलाई मन पराउने र आफूले पनि उनलाई मन पराउने बताए ।

‘बालेनले मलाई मन पराउनुहुन्छ र म पनि उहाँलाई मन पराउँछु’, सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने ।

मेयर महर्जनले बालेनको विज्ञता र आफ्नो अनुभव दुवै समीश्रण गरेर अघि बढ्ने बताए ।

‘उहाँ एउटा डाइनामिक स्ट्रक्चरल इन्जिनियर पनि हुनुहुन्छ । तसर्थ उहाँको इन्जिनियरिङ फिल्ड मेरो महानगरपालिकामा मैले पनि प्रयोग गर्न सक्छु’, उनले भने, ‘ मेरो एक्पेरिएन्स र उहाँको विज्ञता, यो दुवैको फ्युजन गर्दा राम्रो रिजल्ट निस्किन्छ भन्ने मेरो ठम्याइ हो ।’

काठमाडौंको मतगणना बाँकी छँदै बालेन मेयरमा विजयी भइसकेका छन् । उनी विपक्षीभन्दा २० हजारभन्दा बढी मतले अगाडि रहेका छन् । गन्नुपर्ने मतभन्दा अग्रता बढी भएसँगै बालेन स्वतः विजयी भएका हुन् ।

बालेनबारे लाउरेको प्रतिक्रिया : मेरा मितज्यूले बबालै गरे – NepalWatch