NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

तुलसीपुर उपमहानगर फेरि पनि एमालेकै पाेल्टामा

दाङ । तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै नेकपा (एमाले) विजयी भएको छ ।

नगरप्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी भएका हुन् । खड्का निकटतम प्रतिस्पर्धी गठबन्धनतर्फबाट उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई तीन हजार ६९१ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

खड्काले ३१ हजार ४०८ मत प्राप्त गरेका थिए भने गिरीले २७ हजार ७१७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका प्रमुख राजेश्वर अर्यालले बताए । त्यस्तै उपप्रमुखमा चौधरी निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर रानालाई नौ हजार ५३२ मत पछि पार्दै विजयी भएका हुन् । चौधरीले ३० हजार ५९७ मत ल्याएका थिए भने रानाले २१ हजार ६५ मत ल्याए ।

तुलसीपुर उपमहानगरपालिकामा यसअघि पनि एमालेले नै जितेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ मत खसेको थियो ।

२०५४ यता एमालेकै राज

तुलसीपुरमा २०४९ सालमा कांग्रेसका शंकरप्रसाद आचार्य प्रमुख निर्वाचित भएका थिए भने कांग्रेसकै प्रदीपबहादुर शाह उपप्रमुख थिए ।

त्यतिबेलाका फुलबारी, टरिगाउँ, उरहरि, पवननगर, हलवार, विजौरी, डुरुवा र मानपुर गाविस अहिले उपमहानगरपालिकामा गाभिएका छन् । विसं २०४९ मा यी सबै गाविसमा कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा जितेको थियो ।

निर्वाचित भएसँगै टीकाराम खड्काले तुलसीपुरलाई समृद्ध बनाउने बताए । उनले जनताले विश्वास गरेर जित्न सफल भएको भन्दै मन जित्ने गरी काम गर्ने बताए । त्यस्तै नवनिर्वाचित उपप्रमुख स्यानीय चौधरीले पिछडिएका वर्गको उत्थान गर्न आफू तत्पर रहने बताए ।

तुलसीपुरको मेयर र उपमेयरमा एमालेको जित सुनिश्चित

ताजा अपडेट

नेपालवाच विशेष