NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

एक वर्षमै आठ पटकसम्म बढ्यो पेट्रोलको मूल्य

काठमाडौं । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा आगामी वर्षको नीति तथा कार्यक्रम पेश गर्दागर्दै मूल्यवृद्धिका कारण यातयात भाडा बढेको सूचना सम्प्रेषण भयो । यातायात व्यवस्था व्यवस्था विभागले तेलको मूल्यमा पाँच प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएमा भाडा स्वतः समायोजन हुने व्यवस्था लागू गरेको छ ।

राष्ट्रपतिले संसद्मा उक्त पाठ पढिरहँदा अर्कोतिर पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि घटाउनका लागि देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका थिए । मूल्यवृद्धि फिर्ताको माग गर्दै मंगलबारमात्रै देशभर पाँच स्थानमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन भयो ।

यो वर्ष सुरु हुन नपाउँदै हालसम्म दुई पटकसम्म पेट्रोलको मूल्य वृद्धि भइसकेको छ । चालु आर्थिक वर्षको जेठ १ गते पेट्रोलको मूल्य १७० पुगेको थियो । त्यसको हप्तादिन पनि नबित्दै ९ गते मूल्य १ सय ८० रुपैयाँ प्रतिलिटर पु¥याइयो ।

एक वर्षमा आठ पटकसम्म मूल्यवृद्धि

यो श्रंखला गत वर्ष आठ पटकसम्म चलेको थियो । गएको वर्षको तथ्यांक केलाउँदा पेट्रोलको मूल्य एक वर्षमा मात्रै आठ पटकसम्म बढेको देखिन्छ । २०७८ को अन्तिमतिर कात्तिक २५ गते १३६ रुपैयाँ पुगेको पेट्रोल तीन महिना पछि १३९ रुपैयाँ पुग्यो ।

माघ ६ गते भएको नयाँ मूल्यदर एक महिना पनि कायम हुन सकेन । त्यसको ठिक १३ दिन पछि माघ १९ मा मूल्य १४२ रुपैयाँ पुग्यो ।

त्यसलगत्तै एक महिनापछि फागुन ८ मा मूल्य १४५ रुपैयाँ पुग्यो । यति भएको १० दिन बितिसक्दा मूल्य १५० रुपैयाँ पुगिसकेको थियो । चैत्र ३ मा १५५ पुगेको मूल्य वर्षको अन्तिमपटक चैत्र २३ गते १६० पुगेको हो ।

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सिना सरकार सरकारजस्तो नहुँदा जनताले यो समस्या भोग्नुपरिरहेको बताउँछन् ।

No photo description available.

हालको बजार अवस्था अराजकताको स्थितिमा पुगेको उनको निष्कर्ष छ । “पेट्रोेलियम पदार्थ आफैंमा रक्तसञ्चार हो । किनभने, यसको मूल्यवृद्धि हुँदा योसँगै यातायातदेखि बजार ढुवानी र चुलो चौकोमै असर पर्छ,” उनी भन्छन्, “तर, हाम्रो सरकार आफैं व्यापार गर्न लागेको छ । अहिले व्यापार होइन, जनतालाई राहत दिने समय हो ।”

जनताबाट पेट्रोेलमा अस्वाभाविक कर उठाएर सरकार आफैं व्यापार गर्न थालेको उनको तर्क छ । सरकारले हाल ११७ रुपैयाँ १८ पैसामा किनेको पेट्रोेलमा ६३ रुपैयाँ २३ पैसा कर उठाइरहेको छ । करसहित जनतालाई १८० रुपैयाँमा बेचिरहेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष