NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

गरुडा नगरपालिकामा रोचक हारजित, मेयर बने कलवार

काठमाडौं । रौतहटको गरुडा नगरपालिकाको मेयरमा ३९ मतको अन्तरमा रोचक हारजित भएको छ ।

निकै रोचक बनेको यो नगरपालिकाको मतगणनाको अन्त्यमा एमालेका कन्थमतीप्रसाद कलवार ४५६५ मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका वृज किशोर प्रसाद यादवले ३९ मत कम अर्थात् ४५२६ ल्याए ।

यहाँ जनता समाजवादी तेस्रो र माओवादी केन्द्र चौथो भएको छ । जनता समाजवादीका अनिलकुमार यादवले ३३५१ र माओवादीका सुरेन्द्रकुमार जयसवालले ३२२५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपमेयरमा कांग्रेसकी पुनमकुमारी चौधरीको पल्लाभारी भएको छ । चौधरी ६७०३ मतका साथ विजयी भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी विन्दुकुमारी देवीले ४४७७ मत प्राप्त गरिन् ।

एकीकृत समाजवादीकी हिबजा खातुनले ४३६३, एमालेकी ज्ञानकला देवी साहले २५३९ र माओवादीकी सकिला खातुन २४८५ मतमा रोकिए ।