NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

यी हुन् अन्तिम परिणाम आउन बाँकी स्थानीय तह

काठमाडौं । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुन अब मात्रै चार स्थानीय तह बाँकी भएका छन् ।

धेरै मतदाता, मतगणनामा भएको विलम्ब,  ढिला मतदानलगायत कारणले चार स्थानीय तहको परिणाम आउन बाँकी बसेको हो ।

६ महानगरपालिकामध्ये अब काठमाडौंको मात्र मतगणना बाँकी छ । तथापि, यहाँ मेयरमा वालेन्द्र साह र उपमेयरमा सुनिता डंगोलको जित सुनिश्चित भइसकेको छ ।

उदयपुरको त्रियुता नगरपालिकामा पनि अहिले मतगणना जारी छ । त्यहाँ मतदानलाई लिएर उत्पन्न विवादका कारण निकै ढिलो गरी मतदान सुरु भएको थियो ।

त्यसैगरी, रूपन्देहीको तिलोत्तमा नगरपालिकामा पनि मतगणना जारी छ ।

बाजुराको बूढीगङ्गा नगरपालिकामा भने अहिलेसम्म मतगणना नै सुरु भएको छैन । छानबिनको निष्कर्ष आउन बाँकी रहेकाले यहाँ मतगणना कार्य थाती रहेको निर्वाचन आयोगले जनाएको छ ।