NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

एम्बुलेन्स दुर्घटनामा वृद्धाको मृत्यु

सिन्धुपाल्चोक । लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ ।

गएराति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा २० च ६३२७ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो ।

दुर्घटनामा सुनकोसी–७ कि ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । एम्बुलेन्स दुर्घटनामा परी सडक छेउको घरमा पसेपछि खड्काको मृत्यु भएको हो ।

एम्बुलेन्स सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।