NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

त्रियुगामा कांग्रेस र समाजवादीबीच कडा टक्कर

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाको मेयर र उपमेयरको मतगणनामा कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा देखिएको छ । यहाँ कांग्रेसले लिड गरे पनि अन्य दलले निकै नजिकबाट पछ्याइरहेका छन् ।

प्राप्त पछिल्लो मत परिणामअनुसार, ९ हजार ५४० मत गणना सम्पन्न हुँदा कांग्रेसका वसन्त बस्नेतले ३०९० भोट प्राप्त गरेका छन् । एकीकृत समाजवादीका बलदेव चौधरीको ३०११ र एमालेका भागवत राउतको २१२६ छ ।

उपमेयरमा कांग्रेसकी सरिता राईको अग्रता छ । उनले २ हजार ८०९ मतका साथ अग्रता लिइरहँदा माओवादी केन्द्रकी गीता खड्का कार्कीले २४५७ र एमालेकी महेश्वरी राईले २३६८ मत हासिल गरेका छन् ।